मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातारको वर्षाले विराटनगर जलमग्न, कोशी अञ्चल अस्पताल डुबानमा



विराटनगर । लगातारको वर्षाका कारण विराटनगरका धेरै ठाउँहरू जलमग्न भएका छन् । कतिपय ठाउँहरु डुबानमासमेत पर्न थालेका छन् । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।

वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । सडकको पानी अस्पताल भित्र पस्दा औषधि पसल सहित प्रशासनिक भवनमा समेत जलमग्न भएको छ ।

त्यस्तै इमरजेन्सी कक्षमासमेत पानी पस्ने अवस्था आएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिए ।

केहीबेर पानी पर्यो भने इमरजेन्सी तथा प्रशासनिक भवनको कार्यकक्षमा नै पानी छिर्ने सक्ने उनले बताए । ढलको निकास ब्यविस्थत नबनाइ सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो ।

‘उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खालेर अस्पताल भित्र पस्नु पर्ने अवस्था छ, डा पोखरेलले भन्नुभयो ‘विराटनगर महानगरपालिकाले कुनै चासो दिएको छैन ।’

विराटनगरका तीन दिनदेखि लगातार वर्षा भैरहेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ८ : १८ बजे