मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीले मोरंगमा दुई हजार पाँचसय जना प्रभाबित, बिराटनगरका मेयर उत्रीए उद्दारमा (फोटो फिचर)



गोपाल पाखेरेल- विराटनगर, २८ असार

लगातारको बर्षाका कारण मोरङ जिल्लाका धेरै ठाउँ प्रभावित भएको छ । विशेष गरेर विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी र जहदा गाउँपालिका बढी प्रभावित भएका छन् ।

लोहन्द्रा खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन्। डुबान क्षेत्रका प्रभाबितहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भईरहेको छ । उनीहरुलाई स्कुल, अग्ला स्थान, सामुदायिक भवन, मन्दिर, सार्वजनिक र सुरक्षित स्थलमा राख्ने काम भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिनुभयो ।

 

बाढीले बस्तीहरु डुबानमा परेपछी सरकारी र नागरिक स्तर बाट उद्दार थालिएको छ ।अन्य उद्दारकर्मिहरु सगै बिराट्नगर महानगरपालिकाका प्रमुख भिम पराजुली समेत उद्दारमा आफै खटिएका छन ।

विराटनगर महानगरपालिकाको १, ६, ८, १२ र १६ नम्बर सबै भन्दा बढी प्रभावित बनेका छन् । यी वडाहरुमा खोला गाउँ पसेका छन् । बाढी गाउँपस्दा सुकुम्बासी बस्ती बढी प्रभावित भएका छन् । यी वडाका अधिकांश सुकुम्वासीका घरहरुमा पानी डुबेका छन् । कटहरीको १, २, ३, ४ नम्बर वडाका अधिकांश बस्ती डुबानमा परेको छ ।

कटहरी र धनपालथानको सीमाना भएर बग्ने लोहन्द्रा खोलामा आएको बाढी बस्तीमा पसेपछि डुवान भएको हो । पानीको सतह बढेसँगै लोहन्द्रा खोलो गाउँ पसेपछि सयौं परिवार असुुरक्षित बनेका छन् । खोलाले बगाएर ल्याएको झ्यासले कटहरी र धनपालथान जोड्ने पक्की पुल थुनिने सम्भावना बढेपछि एक्साभेटरले खोल्ने काम भएको छ ।

मोरङमा बाढीबाट सात सय ५० परिवारका दुई हजार पाँचपय जना प्रभाबित भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ७ : १९ बजे