सप्तकोशीमा पानीको बहाब खतराको बिन्दुमा,कोषी ब्यारेजका ३३ ढोका खोलियो



इटहरि-

पानीको बहाव बढेसँगै बाढी मापन केन्द्रले बिहान ६ बजे जारी सूचनामा सप्तकोसी नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

अहिले पनि सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी छ। शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो।

यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ।

प्रकाशित मिति : असार २८, २०७६ शनिबार  ८ : ३१ बजे