काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार पूर्वराजा शाहले एक विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद् व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्नेमा जोड दिएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपको यो घडीमा ‘तिम्रो र मेरो’ भन्ने संकीर्ण सोचबाट माथि उठेर सहयोग गर्नुपर्छ ।’