प्युठान नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच बिबाद योजनाहरु अलपत्र



मधुसुदन भण्डारी, प्युठान-

प्यूठान नगरपालिकाका वडा नंं १० कोट स्थित बाख्रा पालन फर्मको भुक्तानिको बिषयमा बिबाद भएको छ । ८ लाख ५० हजार रकमको ५० प्रतिशत पनि काम नभएकोले अनुगमन समितिले समेत योजना सम्पन्न नभएको निर्णय गरेको अवस्थामा नगर प्रमुखले भुक्तानी दिन जवरजस्ती दवाब दिएकाे भन्दै नभएको कामको भुक्तानी दिन नसकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताएका छन ।

आ । व । २०७५०७६ को बार्षिक कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिका वडा नं । १० कोटमा बाख्रा पालन पकेट क्षेत्र विस्तार गर्ने नगरपरिषद बाट निर्णय भएता पनि लक्षित स्थानमा योजना नदिई नगरप्रमुखले आफ्नो कार्यकर्ता पोस्ने गरि फरक स्थान योजना स्वीकृत गरि दिएको भन्दै स्थानियको बिरोधका बिच काम गरिएको स्थानिय गोबिन्द थापाले जानकारी दिए । तर नगरप्रमुख अर्जुन कुमार कक्षपतिले प्रशासकीय अधिकृत गैरजिम्मेबार भई जानकारी बिना काम छोडेर हिडेको बताएकाछन् ।

गैरेले सो योजनाको रकम भुक्तानीका लागि टिप्पणी समेत उठाएको नगरप्रमुखको भनाई छ । प्यूठान नगरपालिकाको आ व २०७५०७६ को बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न शाखाको करिब ५५ करोडको योजना थियो । योजना सम्पन्न भई भुक्तानी दिन मात्रै करिब १५ करोड रुपैयाँ रहेको प्यूठान नगरपालिकाका सुचना अधिकृतले जानकारी दिएकाछन् ।

प्रमुख प्रशासकीय अधिकृत गैरेले नगरप्रमुखका कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई राजनीतिक कारबाही समेत गर्न सक्ने धम्की दिएको र नगरप्रमुखले समेत कार्यकक्षमै अभद्र व्यवहार गरेकाले आफू असुरक्षित महसुस गरी बिभागमा जाने बताए । तर नगर प्रमुख कक्षपतिले त्यतो केही बिबाध नभएको बताए । उनले प्रशासकीय प्रमुखले अनावस्यक बाहाना बनाएको बताए ।

प्रकाशित मिति : असार ३०, २०७६ सोमबार  २ : ५१ बजे