मुम्बइ-
भारतको मुम्बइमा मंगलवार एउटा चार तले भवन भात्किदा १२ जनाको मृत्यु भएको छ। भत्किएको भागनाबषेसभित्र अझै ४० जना फसिरहेको आशङ्का गरिएको छ ।
एनडीआरएफ र फायर ब्रिगेडको टोलिले राहत र उद्दार कार्य शुरु गरेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । भात्किएको उक्त भवनमा करीब १५ परिवार रहने गरेका थिए । भागनाबशेष भित्र महिला र बच्चाहरु फसेको बताइएको छ ।
त्यहाका स्थानीयहरुले पनि हाल उद्दार कार्यमा सहयोग गरिरहेको र स्थानिय प्रशासनले आसपासका घरहरु खाली गराएको छ ।
स्थानीयबासीहरुका अनुसार भात्किएको उक्त भवन ८०-१०० साल पुरानो थियो ।










