काठमाडौँ –
नेपाल लगायत दक्षिण एशियाली देशमा देशमा मनसुनी बर्षा पछिको बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले दुःख व्यक्त गरेका छन् ।
मनसुनी वर्षाका कारण भएको जनधनको क्षतिले दुःखी भएको बताउँदै उनले संयुक्त राष्ट्रसंघ आवश्यक परेको खण्डमा सहयोगका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।
महासचिवका डेपुटी स्पोकपर्सन फर्हान हकले जारी गरेको विज्ञप्तिमा बाढी पहिरोबाट विस्थापित भएकाहरुको पुनर्स्थापनाका लागि सबै किसिमका सहयोग गर्न तयार रहेको पनि उल्लेख छ ।










