राष्ट्रपति ट्रम्प विरुद्ध अमेरिकी संसदमा खेद प्रस्ताव पारित



काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध खेद प्रस्ताव पारित गरिएको छ । चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी संसदले ट्रम्प विरुद्ध खेल प्रस्ताव पारित गरेको हो ।

अधिकांशले ट्रम्पलाई नस्लवादी भएको आरोप लगाएका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफू नस्लवादी नभएको बताएका छन् । ट्रम्पले चार महिला सांसदलाई अमेरिका छाड्न सुझाव दिएका थिए ।

१ सय ८७ जना डेमोक्रयाटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो । यसको अर्थ संसदका अन्य सदस्यले पनि ट्रम्प विरुद्ध सर्थन गरेका थिए । यो प्रस्ताव पारित भएपनि यसको कुनै कानूनी वैधता रहँदैन ।

आफ्ना कट्टर भनाइहरुबाट राष्ट्रपती ट्रम्प समय समयमा बिबादमा आइरहन्छन । उनलाई अनुदार्बादी भएको आरोप लाग्ने गरेको छ ।

 

प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार  ३ : ५८ बजे