मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील भएन: कांग्रेस सभापति देउवा



रौतहट । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रोश पोखेका छन् । बुधबार बाढी पीडितहरुको अवस्था बुझ्न रौतहट पुगृका देउवाले प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील नभएको भन्दै आक्रोश पोखेका हुन् । उनले सदनको नियमित एजेण्डा स्थगित गरेर बाढी पीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेकोमा आक्रोश पोखेका हुन् ।

सभापति देउवाले भने, ‘विपतका बेला एकजुट हुनुपर्छ तर, सरकार आफ्नै दम्भमा हिँडेको छ ।’ भारतीय बाँधका कारण नेपाली भूभाग डुवानमा पर्दा पनि सरकारले कूटनितिक पहल नगरेको उनको भनाइ छ । सभापति देउवाले भारतीय बाँधका कारण रौतहटमा भएको डुबानबारे सरकारको जवाफ समेत मागेका छन् । सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको उनले बताए । चुनावका बेला मधेसी भन्दै मत मागेका नेताहरुले जनता पाँच दिनदेखि भोको अनिदो रहँदा पनि वास्ता नगरेकोमा आक्रोश व्यक्त गरे ।

देउवासँग भएको भेटमा बाढी तथा डुवान पीडितहरुले पनि सरकारले वेवास्ता नगरेको गुनासो राखेका थिए । जवाफमा देउवाले बाढी पीडितहरुका लागि कांग्रेसका सांसदहरुले पाँच दिन बराबरको तलब दिने निर्णय गरेको र पुर्नस्थापना तथा दिगो रुपमा समस्या समाधानका लागि संसदमा जोडदार आवाज उठाउने बताएका छन् ।

उपसभापति विमलेन्द्र निधि र रौतहटका सांसद मोहम्मद अफ्ताब आलमलाई लिएर सभापति देउवाले बाढी प्रभावित गढिमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर १, २, र ५ तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरेका थिए । रौतहटमा बाढीका कारण ९ जनाको ज्यान गएको छ भने ७० हजार बढी प्रभावित भएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ५० बजे