बाजुरामा जीप पल्टियो, २ जनाको मृत्य, १२ घाइते



बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ। उक्त दुर्घटनामा घाइते भएका सबै १२ जनालाई सेनाको हेल्किप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकल कलेज लगिएको छ।जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको हो । शुक्रबार कर्णाली करिडोर अन्तरगत जगन्नाथ गाउँपालिका– ५ भुवाखोलामा क १ ज २१ नम्बरको जीप दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ बस्ने २५वर्षीय रामबहादुर शाही र कैलाली टिकारपुर ४ का चालक २६ वर्षीय रमेश बोगटी रहेको बाजुरा प्रहरीले जनाएकोख छ । जीपमा सवार १६ जनामध्ये २ जना भने शकुसल रहेको प्रहरीले बताएको छ।

घाइते हुनेमा मुगुको खत्याड गाउँपालिका ६ का २८ वर्षीय उवजन शाही, १७ वर्षीय राजेन्द्र शाही, १८ वर्षीय महेन्द्र शाही, ४५ वर्षीय मनकिस्न उपाध्याय, १७ वर्षीय टेक रावल, १६ वर्षीय रमेशबहादुर शाही, १७ वर्षीय तिलकराज उपाध्याय रहेका छन्।

स्वामीकार्तिक खापर १ बस्ने १५ वर्षीय जगत रावल, सोही गाउँपालिका ४ बस्ने ५५ वर्षीय लालवीर चदारा रहेका छन्। जगन्नाथ गाउँपालिका ५ का १९ वर्षीय टंक कामी, २ का २७ वर्षीय जना विक, ५ वर्षीय महेश्वरी कामी रहेको छ।

प्रहरीका अनुसार जीप उकालोमा चढ्न नसकेर सडकबाट ५० मिटर तल खसेको हो । नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर गएको वैशाखबाट सञ्चालनमा आएको थियो।

प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार  ९ : २० बजे