काठ्माण्डौ-
कांग्रेस भात्री संगठन नेविसंघ आबद्द बिपी कोइराला युबा नेतृत्व बिकाश मञ्चले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा जननायक बिपी कोइरालाले बन्दी जिबन बिताएको सुन्दरिजलमा कार्यक्रम आयोजना गरेको छ ।कांग्रेस केन्द्रिय सदस्य एबम पूर्व अर्थ मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले बिपी कोइरालाको योगदान र बिपी बिचारलेनै मुलुकलाई नयाँ दिशा दिएको बताए ।बिपिको योगदानलाई भुल्न नसकिने उल्लेख गर्दै डा. महतले नयाँ पुस्ताले बिपिको बारेमा अझै धेरै अध्ययन गर्न जरुरी रहेकोमा जोड दिए ।

कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री गजेन्द्र कार्कि,निबर्तमान उपाध्यक्ष निलकण्ठ रिजाल् ,सागर परियार लगायत नेविसंघ र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेविसंघका निबर्तमान केन्द्रिय सदस्य रघु कार्किको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।








