सप्तरीमा चट्याङ्ले दुई जनाको मृत्यु



सप्तरी-

मंगलबार बिहान वर्षासँगै झरेको चट्याङ् लागेर सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।जिल्लाको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ बर्षीय हरीहर चौधरी खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीकैै हनुमानगर कंकालिनी नगरपालिका–११ बस्ने शुभनारायण पण्डितकी श्रीमती शिवसती देवी पण्डितको खेतमा श्रीमानलाई खाना पु¥याएर फर्कने क्रममा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  १० : ०१ बजे