मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाले तिरायो फेसबुकलाई अहिले सम्मकै धेरै जरिवाना



काठ्माण्डौ-

अमेरिकाको संघीय व्यापार आयोग एफटीसीका अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले फेसबुकलाई ५ अर्ब डलर जरिवाना गरिएको छ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना गरिएको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो ।

यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ र यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकर्बर्गको नियन्त्रण हुने छैन ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो।

यस अघि गएको अक्टोबरमा क्याम्ब्रिज एनालिटिकाको डाटा विवादमा फेसबुकको भूमिकालाई लिएर बेलायतको डेटा संरक्षणबारे हेर्ने निकायले फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले विगतका कमीकमजोरी पनि सच्याउँदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  ७ : ३७ बजे