चितवन-
नेपाली कांग्रेस चितवनले पार्टिका नेता कार्यकर्ताहरुका लागी भरतपुरमा राजयोग शिविर सञ्चालन गरेको छ । भोलिसम्म चल्ने शिबिरमा कारीब ३०० नेता तथा कार्यकर्ता सहभागी रहेका छ।

शिविरमा नेपाली कांग्रेस चितवन जिला कार्य समितिका सभापति ,पदाधिकारी र सदस्यहरु , महासमिती सदस्यहरु,पूर्व जिल्ला सभापती तथा पदाधिकारिहरु, छेत्रीय समितिका नेता कार्यकर्ताहरु,र निर्बाचित जनप्रतीनिधिहरु सहभागी रहेका छन ।
तनावले कसैलाई पनि फाइदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै पार्टी र सिङ्गो देशलाई सकारात्मक बाटोमा लाईनाने खालको नेतृत्व चाहिएकोमा कार्यक्रमका बक्ता हरुले जोड दिए ।
व्रह्मकुमारी राजयोग सेवा केन्द्रको सहआयोजनामा शिबिर सञ्चालन गरिएको पार्टिका जिल्ला शभापती जितनारायण श्रेष्ठले न्यू सञ्चारलाई बताए ।

अहिलेको आधुनिक जिबन शैली मनिसहरुमा तनाब उत्पन्न गराउने खालको भएको र स्वस्थ समाज निर्माणका लागी तनाब मुक्त र सकारात्मक सोचको बिकाश सबैमा हुनुपर्ने शभापती श्रेष्ठले बताए । राजनितिलाई सकारात्मक बाटोमा अघी बढाउन झनै जरुरी रहेकोमा श्रेष्ठले जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्रह्मकुमारी शर्मिलालगायतले आ-आफ्ना धारणा राखेका थिए भने ब्रह्मकुमारी राजु घलेले राजयोगको प्रशिक्षण दिएका थिए ।








