काठ्माण्डौ-
श्रावण ,१२ आइतबार देखी एक हप्ताको ज्योतिष राषिफल्-
मेष्- रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ साथै
अकस्मात धन सम्पत्ति हात पर्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
बृष्-
शुभारम्भको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । स्वजनबाट सहयोग मिल्ने र सुख शान्ति एवम् समृद्धि बढ्ने देखिन्छ । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन-
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । काम विगार्नेको सक्रियता रहने देखिन्छ । मध्य सातामा प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
कर्कट्-
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । राज्यबाट मान सम्मान पाइनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
सिंह-
रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमाइलो गर्ने अवस्था आउन सक्छ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ । कसैकसैको बसाइ सराइ हुनसक्छ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कन्या-
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । धार्मिक यात्राको योगछ । साताको अन्त्यमा पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
तुला-
मनमा निरासा र शरीरमा आलस्य आउला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । साताको उत्तरार्ध बाट महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृश्चिक –
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ मेहनतीहरूका लागि दिनहरू बढी फलदायी रहनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ भने शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु-
भाग्यले विभिन्न अवसर जुराउनेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।
मकर-
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लक्ष्मीजीको कृपाको योग परेकोले अर्थलाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ-
सामान हराउने वा नष्ट हुन सक्नेछ । यात्राको अवसरसँगै चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नाक तथा घाँटीमा समस्या आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
मिन्-
विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।