ओखलढुंगामा भागवण्डाका कारण सर्वसाधारणलाई दुर्लभ बन्दै नर्सिङ अध्यान



जीवन शर्मा ,ओखलढुंगा, १४ साउन

पहुँचवालाहरुको भाग बण्डाका कारणल ओखलढुंगामा नर्सीङ अध्यान सर्वसाधारणहरुका लागिदुर्लभ बन्दै गएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालनमा आएको स्कूलअफ हेल्थ साइन्स नर्सीङ अध्यानकालागि व्यवस्थापन समितिले भागबण्डामा कोटा निर्धारण गरेपछि सर्वसाधारणका लागि नर्सीङ अध्यान दुर्लभ बन्दै गएको हो ।सर्वसाधारण नागरिकले नर्सीङ पढ्न पाउने गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परषद (सिटीइभिटी)संग संझौता गरी ल्याइएको नर्सीङ कलेजमा भर्ना हुन् विभिन्न कोटा निर्धारण गरेसंगै सर्वसाधारणले नर्सीङ पढ्न नपाउने भएकाहुन् ।

शैक्षिक सत्र ०७५-०७६ देखि सञ्चालनमा आएको २० जनाको मान्यताप्राप्त उक्त कलेजमा पढ्नकालागि खुल्ला रुपमा परिक्षा लिएर भर्ना गर्नु पर्नेमा सिद्धिचरण नगरपालिका, उद्योग बाणिज्य संघ,कर्मचारी,अनमी लगायतको लागि कोटा निर्धारण गरेपछि नर्सीङ पढ्न चाहाने सर्वसाधारले पैसा तिरेर पनि पढ्नबाट बञ्चित हुने अवस्था आएको छ। क्याम्पस व्यवस्थापन समितिले मनोमानी रुपमा आफु अनुकुल भागबण्डा गरेर सर्वसाधारणलाई पढ्न बाट बञ्चित गर्ने निर्णय गरेको भन्दै स्थानीयले आपत्ती जनाएका छन् ।

क्याम्पस व्यवस्थापन समितिको गत साउन–८ गतेको निर्णय अनुसार शैक्षिक सत्र ०७६÷०७७को भर्नाका लागि २० जना मध्य सि.टि.इ.भिटी कर्मचारीबाट –१ जना, अस्पतालमा कार्यरत कर्मचारी–१, सिद्धिचरण नगरपालिका–२, ओखलढुंगा उद्योग बाणिज्य संघ–२, छात्राबृति–२, अ.न.मि –१, पूरुषकोटा ३ गरी १२ जना भागबण्डामा कोटा निर्धारण गरेको छ भने ८ जना मात्र खुल्ला प्रतिष्पर्धामा राखिएको छ । यो निर्णयले आम सर्वसाधारण र पहुँच नभएकाहरुका लागि नर्सीङ पढ्न पाउनु दुर्लभ बनेको सरोकारवालाहरुले बताए । उक्त गलत निर्णय तत्काल सच्याएर प्रतिष्पर्धाका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसंग माग गरिएको स्थानीयले सूर्यप्रकाश राइले बताए ।

व्यवस्थापन समितिले काडमाण्डौमा बसेर एकलौटी निर्णय गरेकाले त्यसलाइ सच्याएर जानुपर्ने जिल्लासमन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष जय बहादुर श्रेष्ठले बताए ।उनले आफुलाई थाहै नदिइ मनलागि निर्णय गरेर स्वास्थ्य शिक्षा जस्तो विषयलाई व्यापारीकरण गरि जिल्लाकै वेइजत गर्न खोजेको आरोप लगाए । ‘‘इच्छुक सबै सर्वसाधारणले प्रतिस्पर्धाका आधारमा पढ्न पाउनु पर्छ ।श्रेष्ठले भने,‘ स्वास्थ्य जस्तो संवेदन शिलविषयमा भागवण्डा गरेर कस्तो जनशक्ति उत्पादन गर्न खोजिएको हो ? ।”
ओखलढुंगामा भएका समितिका पदाधिकारीहरु काठमाण्डौ गएर बैठक बस्नु, जिल्ला शिक्षा समिति लगायत सरोकारवाला निकायलाई जानकारी नै नदिइनु र सिटीइभिटीको मान्यताअनुसार हुनु पर्ने बर्गिकृत छात्राबृतिको कोटालाइ समेत ध्याननदिइ चार जना बसेर आफु अनुकुल गरिएको भागबण्डाको निर्णय गलत भएको शैक्षिक सरोकारवालाहरुले बताएका छन् । यसरी एकलौटी निर्णय गरेर मानवको स्वास्थ्य र शिक्षा जस्तो संवेदनशिल विषयलाई व्यपारीकरण गर्न खोजिएको उनिहरुको आरोप छ ।

यस बर्ष नर्सिङ अध्यानकालागि ६० जनाले आवेदन फारम भरेका छन् । कोटा निर्धारणको अभ्यास अन्य जिल्लाहरुमा पनि रहेको बताउदै ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा.रोशन खरेललेअर्को बर्ष देखि सच्याएर लौजाने जवाफ दिए ।नर्सीङ अध्यानका लागि केही कोटा निर्धारण प्रायोजित रुपमा गरिएको र स्थानीय सरकारलाई पनि त्यसमा समावेश गरिएको ओखलढुंगा स्कूलअफ हेल्थ साइन्सका व्यवस्थापन समिति अध्यक्ष विजय मिश्रले बताए । कोटा ककस्लाइ दिने भन्ने निर्णय व्यवस्थापन समितिले गर्ने भएकाले विभिन्न निकायलाई कोटा छुट्याएको उनको भनाइ छ । सबै विद्यार्थीहरुले इन्ट्रान्स पास गर्नु पर्ने र सम्बन्धित निकायको सिफरिसका आधारमा भर्ना गरिने मिश्रले बताए ।

स्कूलअफ हेल्थ साइन्स व्यवस्थापन समितिले कोटा निर्धारण गरेको निर्णयको प्रतिलिपी-

 

 

प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार  ९ : ४९ बजे