मोरङका १७ पालिकाका प्रमुख र उपप्रमुखको बैठक सम्पन्न



विराटनगर

मोरङका १७ पालिकाका प्रमुख, उप–प्रमुखहरुको बैठक मोरङको बुढीगंगामा सकिएको छ । स्थानीय तहमा देखिएको समसामयिक जटीलताका बिषयमा जमेर छलफल भएको छ । बुढी गंगा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझिको अध्यक्षतामा सम्पन्न बैठकले बिकास निर्माणमा गुणस्तरीयता, जनताका समस्यालाई तत्कालै संम्बोधन गर्ने , बजेट कार्यन्वयनका जटिलता र कर्मचारी अभाव र समायोजनले निम्त्याएका समस्याका बारेमा जमेर छलफल भएको विराटनगर महानगरपालिकाका उप–प्रमुख ईन्दिरा कार्कीले बताईन ।

कार्यक्रममा सुन्दर हरैचाका प्रमुख शिवप्रसाद ढकालले स्थानीय तहमा कर्मचारी अभावको समस्या र दरवन्दि बिना संघले पठाउने गरेका कर्मचारीको सावलमा जेमेर कुरा राखे । उनले भने,‘ दरवन्दि विनाका कर्मचारीलाई हाजिर गराउन सकिदैन,‘ ।
यता धनपालथान गाँउपालिकाका अध्यक्ष हरि लाल सिंहले करार कर्मचारी राख्न नहुने कर्मचारी समायोजन ऐनले निमत्याएको जटिलताको हल कसरी हुन्छ भन्ने प्रश्न गरे । उनले थपे,‘ करार कर्मचारीले गर्दै आएका काम गर्ने कर्मचारी खोई ?

बैठकमा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई , केराबारीका अध्यक्ष रोहित कार्की, बेलबारीका प्रमुख ज्ञानेन्द्र सुवेदी , कटहरीका अध्यक्ष रामकुमार कामत , कानेपोखरीका अध्यक्ष ताराबहादुर काफले लगायतको सहभागिता थियो ।

त्यस्तै विराटनगर महानगरपालिकाका उप–प्रमुख ईन्दिरा कार्की, उर्लाबारी का लक्ष्मी भण्डारी, धनपाल थान कि नसिमा बानु लगायतका उपप्रमुखहरुको सहभागिता थियो । त्यस्तै बेलबारीका प्रमुख प्रशाशकीय अधिकृत प्रदिप साह, बुढी गंगाका विनोद न्यौपाने, कटहरीका गणेश कार्की, सुन्दरहरैचाका गोणशप्रसाद दाहाल लगायतको सहभागिता थियो ।

बैठकले भदौ ४ गते मोरङको कटहरीमा प्रमुख तथा उपप्रमुखहरुको बैठक गर्ने निणर्य गरेको छ । बुढी गंगा गाँउपालिकामा बैठक हुनुभन्दा तिन महिना अघि अघि मोरङको रतुवा माई नगरपालिकाको नेतृत्वमा बैठक सम्पन्न भएको थियो ।

प्रकाशित मिति : श्रावण १६, २०७६ बिहिबार  ३ : ०२ बजे