एजेन्सी–
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ६७ वर्षीया स्वराजको मंगलबार राती हृदयघातका कारण नयाँदिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो ।
स्वराजको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथसिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री मोदीले स्वराजको निधनले भारतीय राजनीतिको गौरवपूर्ण पाठको अन्त्य भएको बताएका छन् । स्वराजको अन्तिम संस्कार उनकी छोरी बाँसुरीले गरेकी हुन् ।
स्वराजको शवलाई दिउँसो भाजपा पार्टी मुख्यालयमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
दिवंगत स्वराजको लोदी रोड क्रिमेटोरियममा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।










