मुश्लिम समुदायको बकर इद पर्ब भोली मनाइदै, प्रदेश २ सरकारले दियो सार्बजनिक बिदा



काठमाडौँ –

इस्लाम धर्मावलम्बीको महान चाड बकर इदका अबसरमा प्रसेश २ सरकारले सार्बजनिक बिदा दिने निर्णय गरेको छ । मुश्लिम समुदायको बकर इद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी बलि दिने गर्दछन् ।

बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।

 

प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार  ९ : ०१ बजे