काठमाडौं-
यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल भदौ २० गते श्रीलंकासँग र दोस्रो खेल भदौ २२ गते बंगलादेश तथा तेस्रो खेल भदौ २४ गते यूएईसँग खेल्ने भएको छ ।
एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंका, बंगलादेश र युएई रहेको समूह ‘बी’ मा परेको छ। गएको संस्करणमा भारतलाई समेत हराएको नेपाल सेमिफाइनसम्म पुगेकाले पनि योपटकको खेलामाअ नेपालाले राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ ।
श्रीलंकामा भदौ १९ देखि २८ सम्म आयोजना हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
नेपाल गएको महिना मलेसियामा भएको एसिसी यू-१९ इस्टन रिजनमा हङकङलाई हराउँदै उपाधि जितेर एसिया कपका लागि छनोट भएको थियो।










