जिल्ला अदालतबाट घुस सहित रङ्गेहात कर्मचारी पक्राउ



महोत्तरी-

महोत्तरीको जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ परेका छन् ।

बुधवार राति जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुस रकमसहित जलेश्वरस्थित खैरा चोकबाट रङ्गेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले १ लाख ५० हजार रकम घुस सहित यादवलाई रंगेहात पक्राउ गरेको थियो ।

एक सेवाग्राहीको घर नक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाई दिन्छु भनि उनले घुस रकम मागेपछि पीडित पक्षले अख्तियारलाई जानकारी गरेका थिए ।

रकम बढी भएकोले मुद्दा काठमाडौं पठाउने तयारी भईरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार  ४ : ५९ बजे