मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामदेब चेला आचार्य बालकृष्णलाई हृदयघात,एम्समा उपचार हुँदै



काठ्माण्डौ-

योग गुरु रामदेवका सहयोगी एवं पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएकाे छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई उपचारका लागि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।

एम्सले आचार्य बालकृष्णलाई ‘हार्ट अट्याक’ भएको बताएको छ । तर, रामदेवका प्रवक्ता एके तिजारावालाले भने ४७ वर्षीय उनलाई ‘फूड पोइजनिङ’ भएको बताएका नवभारत टाइम्सले उल्लेख गरेको छ ।

यसअघि उनलाई हरिद्वारस्थित हिमालयन हस्पिटलबाट जोलीग्रान्ट लगिने बताइएको थियो । यद्यपि, एम्स ऋषिकेशले आचार्य बालकृष्णलाई इमर्जेन्सीमा भर्ना गराइएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  २ : २९ बजे