काठ्माण्डौ-
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता ८७ वर्षीय प्रयागदत्त लेखकको निधनप्रती नेपाली कांग्रेसले दुख ब्यक्त गरेको छ ।
पार्टिका तर्फबाट शभापती शेर बहादुर देउबाले बिज्ञप्ती जारी गर्दै निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । बिज्ञप्तिमा निधन हुनुभएका प्रयागदत्त लेखकप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य रमेश लेखक लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ
बिज्ञप्ति–
भाद्र ७, २०७६
समवेदना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता ८७ वर्षीय प्रयागदत्त लेखकको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । दशरथ चन्द न ।पा । ४, बैतडीमा जन्मनु भएर हाल बेतपुर न ।पा । वडा नं । ८, कञ्चनपुर निवासी स्वर्गीय लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछु । साथै, केन्द्रीय सदस्य रमेश लेखक लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
शेरबहादुर देउवा
सभापति








