प्रमुख प्रजातान्त्रिक अभियन्ता जोसुवा वाङ पक्राउ : हङकङमा राजनितिक सङ्कट गहिरिदै



हङकङ–

प्रमुख प्रजातान्त्रिक अभियान्ता जोसुवा वाङलाई हङ्कङ प्रहरिले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । हङकङमा हुने भनिएको  बिशाल जनप्रदर्शनकोको अघिल्लो दिन वाङलाई प्रहरीले पक्राउ गरेको हो ।

वाङको डेमोसिस्टो पार्टीले मेट्रो स्टेशनमा हिँड्दै गरेको अवस्थामा हङकङ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । डेमोसिस्टोले वाङलाई पक्राउ गरेर प्रहरी हेडक्वार्टर लगिएको जनाएको छ ।हङकङ प्रहरीले भने वाङको पक्राउबारे कुनै प्रतिक्रिया जनाएको छैन । वाङलाई हङकङमा हुने भनिएको पूर्व निर्धारित विरोध कार्यक्रमको अघिल्लो दिन प्रहरीले पक्राउ गरेको हो ।

हङकङमा प्रदर्शनकारीहरुले शनिबार बृहत र्‍याली निकाल्ने योजना बनाएका छन् । बेइजिङको मुख्य प्रतिनिधि कार्यालय रहेको हङकङको व्यापारिक केन्द्रमा नागरिक अधिकार मञ्‍चले र्‍याली आयोजना गर्ने जनाएको छ । तर, प्रहरीले भने उक्त क्षेत्रमा र्‍याली निकाल्न प्रतिबन्ध लगाएको छ ।

तेस्तै डेमोसिस्टो पार्टीकी महिला सदस्य इङ्गेज चाउलाई पनि शुक्रबार नै गिरफ्तार गरेको समाचारहरुमा जनाइएको छ ।  प्रजातन्त्रवादी अभियान्ता एन्डी चानलाई पनि बिहीबार हङकङस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

हङकङमा पछिल्लो ३ महिनादेखि विरोध प्रदर्शन जारी छ । सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनले हङ्‌कङको पुर्ण स्वतन्त्रताका लागी लडिरहेका राजनीतिक विपक्षीलाई चिनमा सुपुर्दगी गर्ने बाटो खुल्ने र स्वतन्त्रता पक्षधरहरुलाई चिनले निसाना बनाउने भन्दै उक्त प्रस्ताबित कानुनको बिरुद्दमा शुरु भएको प्रदर्शन अहिले हङ्‌कङकी नेत्री क्यारी लामको राजिनामा लगायत अन्य मुद्दाहरुमा समेत केन्दृत भएको छ । प्रदर्शनकारिहरुले हङ्कङमा चिनिया नियन्त्रणको खुलेआम बिरोध गर्दै हङकङको स्वतन्त्रताको माग गर्न थालेका छन ।

चिनले भने प्रदर्शनहरुमा बिदेशी शक्तिको हात रहेको आरोप लगाएको छ । हङकङको आन्दोलन चर्किदै गएपछी पछि बिहीबार चीनले हजारौं सेनालाई त्यसतर्फ पठाएको छ। चिनिया रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओसीङले हङकङका आन्दोलनकारीहरुले कानुनको सम्मान गर्नुपर्ने बताएका छन् ।

हङकङका नागरिकहरु हङ्कङ माथि चिनिया नियण्त्रणको बिपक्षमा शुरु भएको आन्दोलन रोक्ने पक्षमा देखिदैनन भने प्रदर्शन थप बढ्दै गए चिनले सेना परिचालन गर्ने प्रष्ट सङ्केत दिए पछी त्यहाको राजनितिक सङ्कट थप गहिरिदै गएको ठानिएको छ ।

बृटिष उपनिबेशको रुपमा रहेको हङ्कङ सन १९९७ मा हङ्कङको स्वतन्त्रतता अक्षुण रहने सर्तमा ब्रिटेनले चिनलाई सुम्पेको थियो ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  ७ : १२ बजे