अमेरिकी राष्ट्रपति ट्रम्पकी सहयोगीले दिइन राजीनामा



वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी सहयोगीले राजीनामा दिएकी छन् ।

ह्वाइट हाउसमा कार्यकारी सहयोगीको रुपमा कार्यरत मेडेलीन वेस्टरहाउटले बिहीबार राजीनामा दिएकी हुन् ।

राजिनामा गरेकी वेस्टरहाउटले ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रुपमा भूमिका खोजेकाले हाउसकका अधिकारीहरु उनीसँग रुष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

उनिमाथी राष्ट्रपति ट्रम्पका निजी कुरा समेत सार्वजनिक गर्दैआएको आरोप लाग्दै आएको थियो । ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  ३ : ४३ बजे