काठमाडौं-
काठ्माण्डौको आकाशमा घुम्ने चराका कारण कतार एयरवेजको एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ।
आइतबार बिहान कतारको दोहाबाट काठमाडौं आइपुगेको जहाजमा चरा ठोक्किएपछि ग्राउन्डेड भएको त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
जहाजको दायाँ इन्जिनमा चराको पखेटा र रगत लतपतिएको भेटिएपछि विमान ग्राउन्डेड गराइएको हो।कतारबाट प्राविधिक टोली आएर विमानको प्राविधिक परीक्षण गरेपछि मात्रै उक्त बिमान उडाउने निश्चित हुनेछ।
काठ्माण्डौ विमानस्थल वरपर उड्ने चराहरुले यस अघी पनि बिमानहरुको उडानलाई समस्यामा पार्ने गरेका छन ।यस अघी पनि बिमानमा पटक पटक चरा ठोक्किने घटाना हुँदै आएका छन ।
विमानस्थलमा चरा धपाउने टोली नै परिचालन गरिएको भए पनि समय- समयमा चराहरुले बिमानहरुलाई समस्यामा पार्ने गरेका छन ।










