सोम दियाली, सर्लाही-
भदौ १६ –
सर्लाहीको चक्रघट्टामा एक मानसिक सन्तुलन ठिक नभएका बालकको पानीमा डुवेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा चक्रट्टा गाउँपालिका वडा नम्बर ७ स्थित औरही बस्ने रामकिशोर राय यावदका अन्दाजी ९ वर्षका छोरा विशाल यादव रहेका छन् । उनी हिजो साँझ ८÷९ बजे तिर घरबाट हिडेको र अवेर सम्म घर नफर्के पछि खोजतलास गर्दै जाँदा नजिकैको पोखरीमा डुवेर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।
उनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।










