भ्रष्ट प्रबृत्तिको बिरुद्द जनताले आवाज उठाउन पाउछन : काँग्रेस महामन्त्री कोईराला



लमजूँङ-

काँग्रेस महामन्त्री डा . शंशाक कोईरालाले जनताको आवाज सरकारले सुन्न छोडेको बताएका छन ।·

लमजूँङ कृषिक्यामपसमा नेबीसंघद्वारा आयोजित जननायक बीपी कोइरालाको शालिक अनावरण तथा बीपी पार्कको उद्घाटन शभालाई सम्बोधन गर्दै महामंत्री डा शशांक कोईरालाले जनताले निर्बाचित गरेको सरकारले जनताको आवाज सुन्नै छोडनु दुखद भएको बताएका हुन ।

जनताले गरेको आलोचना सुन्न नसक्नु र सच्चिने कोशीष नगर्नु लोकतन्त्र र शुसासनका लागी खतरा भएकोमा कोइरालाले जोड दिए । महामन्त्री कोइरालाले जनताले शुसाशन र बिकाश खोजेका छ तर सरकार आफै भ्रष्टाचार र भ्रष्टाचारिहरुको संरक्षणमा  लागेको जनताले देखेका छन भन्दै उनले यस्तो गलत प्रबृत्तिको बिरुद्द आवाज उठाउने अधिकार जनतासग सुरक्षित रहेको उल्लेख गरे । देशमा संस्थागत भ्रष्टाचार र सार्वजनिक सम्पत्तिको दुरुपयोग बढेको बेला त्यसलाई रोक्ने कुनै सरकारी प्रयास भएको देखिएन भन्दै कोइरालाले सरकारले यस्तो प्रबृत्तिलाई रोक्न नसके यो सरकार पत्त्तसाफ हुने उल्लेख गरे ।जनताको आवाजलाई बेवास्ता गर्नेहरुको राजनिती पतन हुने निष्चित रहेको कोइरालाको जिकिर थियो ।

महामन्त्री कोइरालाले जननायक बिपिको स्मरण गर्दै बिपिले उठाएको बिचार काँग्रेस र सिङ्गो देशको सम्पती भएको चर्चा गरे । बिपी बिचारको अनुषरण गर्न सके मात्रै बिपी प्रतिको दायित्व पुरा हुनेमा कोइरालाले जोड दिए ।

अत्यन्तै असहज परिसथितिमा पनि अघिल्लो पुस्ताले गरेको सङ्घर्षबाट अघिलेको पुस्ताले धेरै कुरा सिक्न सक्ने कोइरालाले बताए ।

उक्त कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य दिल बहादुर घर्ती ,प्रदीप पौडेल, काँग्रेस गडकी प्रदेस संसदीय दलका नेता कृष्ण चंद्र नेपाली लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार  ७ : ०९ बजे