मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसबुकले ल्यायो डेटिङ एप्स, अब सिङ्गल हुनेलाई फेसबुकलेनै जोडी सुझाउने



फेसबुकले  एक वर्षसम्म कोलम्बियामा परीक्षण गरिएको ‘डेटिङ’ एप सार्बजनिक गरेको छ ।

उक्त ‘डेटिङ’ एप अब अमेरिका लगायत २० देशमा उपलब्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।यो एप १८ वर्षभन्दा बढी उमेरकाहरूले मात्र चलाउन सक्नेछन्।‘डेटिङ’ साथी खोजिरहेकाहरूका लागि यो एप लक्षित गरिएको हो।

ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, सिंगापुर, इक्वेडर, गुवेना, लाओस, मलेसिया, मेक्सिको, पारागुवे, पेरु, फिलिपिन्स, सुरीनाम, थाइल्यान्ड, उरुगुवे र भियतनाममा  डेटिङ’ एपको  शुरुवात गरिसकेको र एप आगामी वर्ष युरोपमा लन्च हुने फेसबुकले जनाएको छ।

फेसबुकका अनुसार यसले कुनै प्रयोगकर्ताको प्रोफाइलमा राखिएका विवरणका आधारमा मिल्दो जोडी सुझाउनेछ।फेसबुक मोबाइल एपकै अर्को ट्याब खुल्ने यो एपमा फेसबुककै जस्तो तर अलग्गै प्रोफाइल बनाउन सकिन्छ। यसमा फेसबुकका साथीहरू देखिँदैनन्। तर ‘सिक्रेट क्रस’ नामक फिचर प्रयोग गरेमा भने नौ जनासम्म फेसबुक साथी वा इन्स्टाग्राम फलोअरहरूसँग आफ्ना भावना भन्न सकिनेछ। दुवै जनाले एकअर्कालाई मनपराएको भए, यसको जानकारी दिन नोटिफिकेसन पनि आउनेछ।

 

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ५३ बजे