बहुविवाहको मुद्दाले सांसद पद उड्यो



धनुषा,

बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ ।

जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेश सभाले उनलाई निलम्बन गर्ने भएको छ ।

नेकपाको टिकटमा सिरहाका निर्वाचन क्षेत्र ४ ९१० बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो

।जिल्ला अदालतको सो फैसलाविरुद्ध पुनरावेदन गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेश सभाले प्रक्रिया सुरु गरेको हो ।
यो नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  ३ : ४९ बजे