परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षीबीच वार्ता शुरु



काठमाडौं :

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बीच होटल याक एण्ड यतीमा वार्ता शुरु भएको छ ।

करिब एक घन्टा चल्ने बैठकमा चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमण, बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई), चिनियाँ सहायतालगायत विषयमा छलफल हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ।

वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा . युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहहचिव रहेका छन्।  यो वार्तापछि चिनियाँ विदेशमन्त्री वाङले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन्। प्रधानमन्‍त्रीसँगको वार्तामा दुई पक्षीय सहयोग र सम्बन्धलाई अझ सुदृढ गर्ने बारेमा छलफल हुने बताइएको छ।

चिनियाँ लगानीमा संचालित परियोजनाको प्रगति र राष्ट्रिय स्तरका आयोजनामा चिनियाँ पक्षबाट हुनसक्ने सहयोग र लगानीका संभावनाबारे पनि विमर्श हुनेछ।

 

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  १० : ३९ बजे