पोखरा–
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको भ्रष्टाचार भईरहँदा अख्तियारले के हेरेर बसेको छ ? भन्ने प्रश्न उठाएका छन ।
पोखरामा कांग्रेसको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने ‘ठुला टाउकेहरुले भ्रष्टाचार गरि रहेका छन्,यत्रो भ्रष्टाचार भई रहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ? दुई तिहाईले अदालत र अख्तियारलाई समेत तर्साएको वरिष्ठ नेता पौडेलले आरोप लगाए ।
नेता पौडेलले वर्तमान सरकार आफै दुई तिहाईको दम्भ देखाउँदै अख्तियारलाई तर्साएर भ्रष्टाचारका मुद्दा ढाकछोप गर्न लागेको बताए ।नेकपाका नेताहरुले चुनाब अघी एउटा रुप र सरकारमा हुँदा अर्कै रुप देखाएको पौडेलले दाबी गरे ।
पछिल्लो समय देशैभरी फैलिएको डेंगु सङ्क्रमणकोको प्रकोप प्रती इङ्गित गर्दै वरिष्ठ नेता पौडेलले बर्तमान सरकारलाई किरा मार्न पनि नसक्ने सरकार भन्दै सरकारको कडा आलोचना गरेका छन् । ‘डेंगुको यत्रो प्रकोप फैलिएको छ,’ उनले भने,‘हस्पिटलहरु भरिन थालिसके । लामखुट्टे लखेट्ने काम पनि सरकार गर्न सकिरहेको छैन ।’ तत्काल टोली पठाएर लामखुट्टे हटाउनुपर्नेमा त्यति काम पनि गर्न नसकेको भन्दै उनले सरकारप्रति आक्रोश पोखे ।
सरकारलाई काम गर्ने मेसोनै थानभएको भन्दै उनले ०५० मा तराईंका पाँच जिल्लामा बाढी आउँदा नेपाली कांग्रेसले तत्काल उद्दारमा खटिएको स्मरण गराए ।
सरकार असफल भई सकेको र सरकारले दुई तिहाई मतको घोर दुरुपयोग गरि रहेको पौडेलको भनाइ थियो ।










