काठ्माण्डौ, एजेन्सि –
तेलको उत्पादन तथा प्रशोधन गर्ने केन्द्रहरुमा लगातार आक्रमण हुन थालेपछी साउदी अरेबियाले पेट्रोलियम उत्पादनमा कटौतीको निर्णय गरेको छ ।
साउदी सरकारको स्वामित्वमा रहेका दुई ठुला तेल प्रशोधन केन्द्रहरुमा भएको पछिल्लो ड्रोन आक्रमण पछी साउदी सरकारले अबकेक र खुराइसमा रहेका प्रशोधन केन्द्रबाट तेलको उत्पादन बन्द गर्ने निर्णय गरेको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । सरकारको निर्णयबाट साउदिको झण्डै आधा तेल उत्पादन घट्ने अनुमान गरिएको छ ।
साउदीका दुइ ठुला तेल प्रशोधन केन्द्रमा भएको पछिल्लो ड्रोन आक्रमणको जिम्मा यमनको हुथी बिद्रोही समुहले लिएको छ ।हुथी बिद्रोहिले १० वटा ड्रोन प्रयोग गरेर हमला गरिएको आफ्नो आधिकारिक वेबसाइट मार्फत दाबी गरेको छ ।
यमनमा लामो समय देखी गृहयुद्द चलीरहेको छ । साउदी सरकारले यमनको सरकारलाई समर्थन गर्दै त्यहाँका हुथी बिद्रोही बिरुद्द सैनिक हमलाहरु गर्दै आइरहेको छ ।
पश्चिमा देशहरुको समेत सनर्थनमा साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी बिद्रोही बिरुद्द सैन्य आक्रमण गर्दै आइरहेको छ ।
यमनका हुथी बिद्रोहीहरुलाई भने इरानको सहयोग र समर्थन रहेको छ ।
खाडी तथा मध्यपूर्व क्षेत्रमा इरान र साउदी अरेबिया बिचको तनाबले त्यस क्षेत्रको राजनिती र तेल ब्यापारलाई समेत प्रभाबित पार्ने गरेको छ ।
खाडी तथा मध्यपूर्व क्षेत्रबाट हुने तेलको ब्यापारलाई बिष्व अर्थतन्त्रको महत्वपुर्ण हिस्सा मान्ने गरिन्छ ।त्यस क्षेत्रको तेल ब्यापारमा हुने घटबढले विश्वव्यापी रुपमा इन्धनको आपूर्तिमा असर पर्ने र बिश्व अर्थतन्त्र समेत प्रभाबित हुने सम्भावना रहन्छ । ड्रोन हमलाका कारण घटेको तेल उत्पादनका कारण भविष्यमा कच्चा तेलको मुल्य बढ्न सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो पनि पढ्नुहोस्-
साउदी अरेबियाका तेल खानीहरुमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी










