आफूलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा चिनाउने ज्ञानेन्द्र शाही पक्राउ



काठमाडौं –

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा   चिनाउने ज्ञानेन्द्र शाहीलाई प्रहरिले पक्राउ गरेको छ ।

ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनबाट उनलाई पक्राउ गरिएको ललितपुर प्रहरिले जनाएको छ ।नेपालगञ्ज विमानस्थलमा गता शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएकोमा शाहीले विरोध जनाएका थिए।उक्त विषयमा उनले आइतबार गरेको पत्रकार सम्मेलन स्थलबाटै उनि पक्राउ परेका हुन ।

ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएकोले उनको सुरक्षाका लागि पक्राउ गर्नु परेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

एसएसपी राईले भने’पत्रकार सम्मेलनमा हुलहुज्जत भयो। विवाद चर्किने देखेपछि हामीले सुरक्षाका लागि परिसरमा राखेका छौं।’

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा   चिनाउने ज्ञानेन्द्र शाही यस अगि पनि पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार  ९ : ०९ बजे