काठमाडौँ –
कुलमान घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पद सम्हाले देखी एताका उपलब्धी आज पत्रकार सम्मेलन गरेर सार्बजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा सिईओ घिसिङले आफू पदवहाली भएपछि प्राधिकरणले आव ०७३्७४ मा १ अर्ब ४७ करोड, आव ०७४्७५ मा २ अर्ब ८५ करोड र आव ०७५्७६ मा अधिकतम ७ अर्ब २० करोड रुपैयाँ दुख नाफा आर्जन गर्न सफल भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा ब ताइए अनुसार गत तीन वर्षमा साढे ११ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०६२्७३ मा मात्र ८ अर्ब ८९ करोड खुद घाटामा रहेको प्राधिकरणले आव ०७३्७४ देखि आव ०७५्७६ सम्म आइपुग्दा यस्तो प्रतिफल प्राप्त गर्न सफल भएको हो ।
आर्थिक वर्ष २०७२्७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरणले उक्त नोक्सानीलाई आव ०७३्७४ मा रु २८ अर्ब १७ करोड, आव ०७४्७५ मा रु २५ अर्ब ५९ करोड र आव ०७५्७६ मा आएर रु १५ अर्ब २२ करोडमा झार्न सफल भएको घिसिङले बताए ।
‘आर्थिक वर्ष २०७२्७३ मा प्राधिकरणको आम्दानी जम्मा रु ३५ अर्ब ७ करोड मात्र थियो । तर हाल आव ०७५्७६ मा आइपुग्दा प्राधिकरणले कुल रु ७३ अर्ब ४६ करोड आम्दानी गर्न सफल भएको छ ।’ घिसिङले भने, ‘प्राधिकरणले आव ०७३्७४ मा रु ५१ अर्ब २० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । त्यस्तै, आव ०७४्७५ मा रु ६१ अर्ब ९७ करोड रुपैयाँ प्राधिकरणले आम्दानी गरेको थियो ।’
यसै अबसरमा घिसिङले पछिल्लो तीन वर्ष यता विद्युत व्यवस्थापनामा मात्र नभइ उत्पादनमा समेत वृद्धि आएकाले अब छिट्टै मुलुक विद्युतमा आत्मनिर्भर हुने बताएका छन् ।
प्रयाप्त उत्पादनले आफ्नो देशलाई धान्ने अवस्था आयसँगै व्यवसायीक रुपमा समेत प्राधिकरण अघि बढेको र अब छिट्टै भारत विद्युत निर्यात गर्ने पक्षमा रहेको बताएका छन् ।










