सोम दियाली, सर्लाही-
महिला तथा बाबालिकाको क्षेत्रमा काम गर्दै आएको सर्लाहीको लालबन्दी स्थित बाल संरक्षण संस्थाको १९औं साधारण सभा आईतवार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा नेपाली काँग्रेस सर्लाहीका कोषाध्यक्ष बाबुकाजी प्रधानको प्रमुख आतिथ्यतामा लालबन्दी ९ स्थित संस्थाको आफ्नै सभाहलमा सभा सम्पन्न भएको हो । राष्ट्रीय बाल दिवसको अवसर पारी आयोजित साधारण सभामा संस्थाले आ.व. २०७५र७६ मा संचालन गरेका कार्य प्रगति संस्थाकी सचिव अञ्जु ढकालले प्रस्तुत गर्नु भएको थियो । २०५५ सालमा अध्यक्ष राधा घिमिरे सहित सचेत महिलाहरुको सक्रियतामा स्थापना भएको संस्थाले महिला, बालबालिका र समाजमा पछि परेका वर्गको हक हितमा स्थापना काल देखि नै निरन्तर काम गर्दै आई रहेको छ । संस्थाले आ.व.०७५÷७६ मा पनि उनीहरुकै पक्षमा काम गरेको सचिव ढकालद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै विपन्न वर्ग र पछाडि पारिएका दलित तथा उत्पिडित महिलाहरुलाई सचेत गराई समतामुलक समाजको परिकल्पना गरेको संस्थाले हरेक वर्ष झै यस वर्ष पनि भू–देव खाद्य उद्योगले हरेक वर्ष सहयोग गर्दै आएको १८ हजारमा संस्थाको आफ्नै आन्तरीक स्रोतबाट थप गरी विभिन्न विध्यालयमा अध्ययनरत ५२ जना बालबालिकालाई शैक्षिक सामाग्री कापीकलम सहित विध्यालय झोला प्रदान गरेको संस्थाकी कोषाध्यक्ष जमुना आचार्यले बताउनु भयो ।
संस्थाकी उपाध्यक्ष मुना उपाध्यायले संचालन गर्नु भएको कार्यक्रममा लालबन्दी ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने, ९ का वडा अध्यक्ष गोपाल घिमिरे, जनज्योती वहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिव न्यौपाने, पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रमकी व्यवस्थापक भवानी कोईराला लगायएको उपस्थिती रहेको थियो । कार्यक्रममा वोल्दै वक्ताहरुले बालसंरक्षण संस्थाले स्थापना काल देखि नै महिला तथा बालबालिकाको क्षेत्रमा खेलेको भूमिका अहम भएको बताएका थिए ।










