जेरुसलेम–
इजरायलमा संसदका लागि मतदान शुरु भएको छ । मतदान मङ्गलबार बिहानबाट शुरु भएको हो ।
इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो । पछिल्लो चुनाबमा कुनै दलको बहुमत नआएकोले चुनाबम सकिएको १६० दिन भित्रै इजरायलमा अर्को निर्बाचन भईरहेको हो ।
यस चुनावमा बर्तमान प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।दुबै पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् ।
इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा रहेका छन् । नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा रहेका छन्, तर चुनावी मत सर्वेक्षणले उनको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् । नेतन्याहूले हाल भ्रष्टाचारका आरोपहरुको सामना गरिरहेका छन । यसपटकको चुनावले उनको राजनीतिक भविष्य निर्धारण गर्ने ठानिएको छ यदी पुर्ण बहुमतका साथ उनले चुनाब जितेमा भ्रष्टाचार सम्बन्धिका कानुनी झमेलाहरुबाट उनि बच्ने आकलन गरिएको छ ।
चुनावको मतगणना त्यहाको समय अनुसार रातभरमा सार्वजनिक भइसक्ने समाचारहरुमा जनाइएको छ ।










