काठमाडौं-
त्रिपुरेश्वरमा रहेको भन्सार विभागको नवनिर्मित भवनको अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेका छन्।२०७२ को भूकम्पले क्षति पुगेको पुरानो भवनलाई विस्थापित गर्न नयाँ भवन बनाइएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए।
१५ करोड रुपैयाँको लागतमा निर्माण भएको भवन मौलिकता झल्कने खालको छ। ५ तले नयाँ भवनमा २ वटा सभाहल, लिफ्ट, वाटर फाउन्टेन, अत्याधुनिक प्रयोगशालालगायत रहेको छ।
भन्सार जाँचपास परिक्षण कार्यालयलगायत अन्य कार्यालयसमेत रहेकाले विभाग परिसरलाई कस्टम हाउसका रूपमा विकास गरिने महानिर्देशक दाहालले बताए।










