संघीय संसदकाे बर्षे अधिवेशन आज अन्त्य हुँदै , बैठकलाई प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने



काठ्माण्डौ-

संघीय संसदकाे चालू बर्षे अधिवेशन आज अन्त्य हुने बताइएको छ ।

बैठक अन्त्य हुनु अघी बैठका लाई बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्ने कार्य सूची रहेकाे छ।

वैशाख १६ गतेबाट सुरु भएको चालू अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित लगायत अन्य महत्वपूर्ण विधेयक पारित भएका छन्।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरिसकेकाे छ। तर औपचारिक रूपमा संसदलाई भने पत्र प्राप्त भएको छैन।

उनले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिसकेकाले बिहीबारै अन्त्य हुने जानकारी दिए। राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र पनि आजै आउन सक्ने उनकाे भनाइ थियाे।

प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार  ६ : २७ बजे