मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा एकको मृत्यु, एक घाइते



सर्लाही-

मोटरसाईकल दुर्घट्नामा परी शनिवार सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

मलंगवा २ स्थित पब्लिक स्कुलको बाटो हुँदै गोरखकाली प्रहरीचौकी जाने सडकमा तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिंदा मलंगवा नगरपालिका ३ बस्ने भिखारी राउतका २४ वर्षिय छोरा अजय बेल्दारको मृत्यु भएको हो । सोही दुर्घट्नामा परी मोटरसाइकल चालक सोही ठाउँका जोगिन्दर पंडितका अन्दाजी ३०-३१ वर्षिय छोरा राकेश पंडित गम्भीर घाईते भएका छन् । तिव्र गतिमा रहेको मोटरसाईकल नालामा खसेको थियो । दुर्घट्नामा अजयको घट्नास्थलमै मृत्यु भएको थियो ।

घाईते मोटरसाइकल चालक राकेशको जिल्ला अस्पताल मलंगवामा उपचार भई रहेको ट्राफिक प्रहरी कार्यालय मलंगवाका प्रमुख सुबोध कुमार सिंहले बताएका छन् ।

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  १ : २९ बजे