बामदेबले हारे हिम्मत : कास्किबाट चुनाब नलड्ने घोषणा



काठमाडौं –

नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेब गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरे पनि नेता बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् ।शनिबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकमा आगामी उप निर्बाचनमा कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने  गौतमले जानकारी गराएका हुन ।

बैठकमा उनले भने ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’ उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी हुँदा पनि आफू पराजित भएको भन्दै उनले भने,‘ त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु फेरि पराजित हुनु हो ।’ साथै उनले कास्कीमा स्थानीय नेताहरुलाई उठाउँदा सहज जित हुने विश्वास व्यक्त गरे ।

उनी गत निर्वाचनमा बर्दिया १ मा काँग्रेस उम्मेद्वार सञ्जय गौतमसँग पराजित भएका थिए । उप निर्बाचन तय हुनु अगावै काठ्माण्डौका नेकपा सांसद  रामबिर मानन्धरलाई राजिनामा गराएर बामदेव गौतम लाई संसद बनाउने प्रयास गरिएको भए पनि उक्त प्रयास समेत सफल हुन सकेको थिएन ।

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  २ : ५५ बजे