मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा प्रधानमन्त्री ओलि लाई नै सोध्नुस : अध्यक्ष प्रचण्ड



विराटनगर, ५ असोज –

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज भएको स्पष्ट पारेका छन् ।

आईतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा जवाफ दिदा दिदा आफु वाक्क भएको बताउदै यस बिषयमा प्रधानमन्त्री ओलि सगै सोध्दा ठीक हुने समेत पत्रकारहरुलाई जवाफ दिए ।

उनले प्रधानमन्त्रीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुने बताए । बारम्बार मन्त्रिपरिषद् हेरफेरको हल्ला चलेपछि सत्तारूढ दलका अध्यक्ष दाहालले मन्त्री परिवर्तन प्रधानमन्त्रीको कार्यक्षेत्र भएकाले आफूलाई प्रश्न नसोध्न आग्रह समेत गरे ।

मुलुकमा उच्छृंखलता र अराजकता बढेकाले सचेत रहन उनले आग्रह गरे । उनले आफूले कसैमाथि भौतिक प्रतिवादमा उत्रन निर्देशन नदिएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार  ७ : ०९ बजे