पोखरीमा डुवेर सर्लाहीमा एक बालिकाको मृत्यु



सर्लाही-

नुहाउने क्रममा पोखरीमा डुवेर सर्लाहीमा एक बालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा व्रह्मपुरी गाउँपालिका वडा नम्बर ५ सखुहवा वस्ने अनिल रायको अन्दाजी ६ वर्षकी छोरी माही कुमारी राय रहेकी छिन् । उनी हिजो साँझ ५ बजे तिर घर नजिकैको पोखरीमा छिरेकी थिईन् । पोखरीमा नुहाने क्रममा डुवेर घाईत भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरि रहेको जनाएको छ ।

उनको शव भने पोष्टमाटमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार  १२ : ५९ बजे