मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्रो पारा पनि पञ्चायतको भन्दा फरक भएन : नेकपा अध्यक्ष प्रचण्ड



काठ्माण्डौ-

नेकपाका अध्यक्ष प्रचण्डले पछिल्लो समय आफ्ना नेता तथा कार्यकर्ताहरु र हिजोका निरंकुशतावादी हरु बिच भिन्नाता मेटिदै गएको बताएका छन ।

सहाना प्रधानको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट कार्यकर्ताहरुले आफ्ना आदर्श, विचार र निष्ठा छोड्दै गएकोले यो अवस्था आएको भन्दै चिन्ता प्रकट गरेका हुन ।

सरकार स्थापना भए देखी नै सरकारले बिकाशको बाढी ल्याउने दाबी गरी रहे प्रती टिप्पणी गर्दै प्रचन्डले भने भने,‘मीठा मीठा कुरा भन्न सजिलो छ, हिजो राजारमहाराजाहरूले पनि विकासका मूल फुटाउने कुरा त गरेकै हुन्, तर भयो अर्कै, भन्ने ठूलो कुरा होइन, के गर्ने भन्ने ठूलो कुरा हो, भन्न त जे पनि सकिन्छ। प्रचण्डले थपे,’आज हामी विशाल पार्टी भएका छौं । यो पक्कैपनि सानो कुरा होईन् । कम्युनिष्ट पार्टीलाई भरोशा गर्ने करोडौं जनता छन् । उनीहरुले भरोशा गरेर, विश्वास गरेर यो ठाउँमा पुर्याएका हुन् । यो सानो कुरा होईन् तर पछिल्ल हाम्रा गतिबिधीहरु जनाताले आशा र अपेक्षा गरे भन्दा फरक भएका छन ’ ।

कम्युनिस्ट भन्दाखेरी लामो समयदेखि गरिब, उत्पीडित, न्याय, समानता, स्वतन्त्रता र आत्मसम्मानको निम्ति लडेका भनेर सम्झिँदा जनताले भरोसा र भोट दिएको उल्लेख गर्दै प्रचण्डले व्यवहार र आचरण हेर्दा भने  उस्तै रहेको बताए।

पञ्चायतकालमा जस्तै पद र प्रतिष्ठाको निम्ति, त्यसलाई बचाउनको निम्ति जे गर्थे अहिले कम्युनिस्ट कार्यकर्ताहरु पनि त्यस्तै गर्ने भएकाले मानिसहरुलाई भेद छुट्याउन गाह्रो भएको प्रचण्डले बताए।

 

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ०७ बजे