४४ बर्ष देखिको निरन्तरता : नेमकिपाको अध्यक्षमा फेरी पनि नारायणमान बिजुक्छे



असोज ७ , काठमाडौं –

नेपाल मजदुर किसान पार्टीको महाधिवेशनबाट नारायणमान बिजुक्छे पुन:अध्यक्ष बनेका छन ।

भक्तपुरमा भएको नेमकिपाको महाधिवेशनले सोमबार बिजुक्छेलाई नै पुन: अध्यक्ष छानेको हो ।उनि बिगत ४४ वर्षदेखि लगातार नेपाल मजदुर किसान पार्टीको अध्यक्ष रहदै आएका छन ।भर्खरै सकिएको सातौं महाधिवेशनबाट अरुलाई नै अध्यक्ष बानाइने बताइएको भए पनी अन्ततोगत्वा बिजुक्छेनै अध्यक्ष बनेका हुन ।

सोमबार सम्पन्न महाधिवेशनले अध्यक्षसँगै ६ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेको नेमकिपाले जनाएको छ ।

त्यस्तै, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्य बनेका छन ।।

नेमकिपाका अनुसार, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादवलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार  ६ : १२ बजे