निर्बाचनमा मत दिएका मतदातानै पछुताएपछी अब नेकपालाई कस्ले जोगाउछ ? रामशरण महत



बारा –

कांग्रेस केन्द्रीय सदस्य एंव पूर्व अर्थमन्त्री डा . रामशरण महतले कम्युनिष्ट सरकार राज्यको ढुकुटी सिध्याएर आफ्ना नेता कार्यकर्ता पोष्न उध्धत रहेको बताएका छन ।

नेपाली कांग्रेस बाराले कलैयामा मंगलबार आयोजना गरेको दोस्रो राष्ट्रिय जागरण अभियानको समापन समारोहलाई सम्बोधन गर्दै महतले नेकपा नेता कार्यकर्ता कमाउ धन्दामा लागेको बताएका हुन ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र ३६ अर्ब बजेट विनियोजन गरि सरकारले बजेटको दुरूपयोग गरेको बताए ।

नेकपाको सरकाले भ्रष्टाचार र अनियमिततालाई संस्थागत गरेकाले देश डुब्ने खतरा रहेको उनको भनाइ थियो ।

महतले प्रश्न गर्दै भने- भ्रष्टाचार र अनेक काण्ड बाट वाक्क भएर निर्बाचनमा मत दिने जनतानै मत दिएकोमा पछुताउन थाले पछी अब नेकपालाई कस्ले जोगाउछ ?

सरकार पुर्ण रुपमा असफल भइ सकेको बताउदै महतले अब सरकार सग जनाताले आशा मारिसकेको बताए ।

प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार  १ : ३६ बजे