मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई



काठमाडौँ,

सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ ।

जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरिरहको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।

गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो। जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो ।म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ।

यो प्रस्तावमाथि मन्त्रालयले अध्ययन गरिरहेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ३ : ४४ बजे