चिनिया नेताहरुको टोली तीन दिने नेपाल भ्रमण सकेर चिन फर्कियो



काठमाडौं-

सत्तारुढ नेकपाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली तीन दिने नेपाल भ्रमण सकेर चिन फर्किएको छ ।

चिनियाँ नेताहरुको टोलीलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल, विदेश विभाग उपप्रमुख विष्णु रिजाल र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले बिदाइ गरेका थिए।

ताओ नेतृत्वको टोली नेपालमा रहदा नेपाल र चिन दुई देशका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रम भएको थियो।दुई देशका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रममा सहभागी हुन नेता सोङसहितको टोली सोमबार काठमाडौं आइपुगेको थियो।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ सहितको नेपाल भ्रमणले चिनिया राष्ट्रपतिले गर्ने भनिएको नेपाल भ्रमणको वातावरण बनाएको ठानिएको छ ।

मिती नतोकिए पनि चिनिया राष्ट्रपति सिजिनपिङ्ले छिट्टै नेपालको भ्रमण गर्ने तयारी भइ रहेको नेपालका उच्च परराष्ट्र अधिकारिहरुको भनाइ रहेको छ ।

प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार  ११ : ४९ बजे