काठ्माण्डौ-
दोश्रो एशिएन रग्वी एक्सचेन्ज कार्यक्रम अन्तर्गत १४ बर्ष मुनिको नेपाली खेलाडी टोली जापान प्रस्तान गरेको छ ।
जापान जाने टोलिमा बेलर एकेडेमि र शुभातारा इन्टरनेस्नल स्कुलका बिधार्थिहरु रहेका छन ।
टिम ब्यबस्थापक खेमराज तिमील्सिना र प्रशिक्षक कृष्ण छेत्री सहितको टोलीलाइ राष्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमील्सिनाले एक कार्यक्रमका बिच बिदाइ गरे ।
बिधालय स्तरमा खेल आयोजना गरेर रग्वी खेललाई बेलर इन्टरनेस्नल एकेडेमिले नेपालमै पहिलोपटक भित्र्याएको हो ।हाल हरेक बर्ष अन्तर्बिधालय रग्वी प्रतियोगिता आयोजना हुन थालेको र रग्वी खेलको बारेमा सबैलाई जानकारी हुन थालेको बेलर इन्टरनेस्नल एकेडेमिका सञ्चालक पवन कुमार थापाले बताए ।
सञ्चालक थापालेनै उक्त खेल पहिलोपटक नेपाल भित्र्याउन पहल गरेका थिए ।थापाले आगामी दिनमा रग्वी खेलालाइ सबै माझ पुर्याउनु पर्नेमा जोड दिए ।
उनले हाल प्रतियोगिताका लागी जापान गएका खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने बिश्वाश समेत ब्यक्त गरे ।










