दोश्रो एशिएन रग्वी एक्सचेन्ज कार्यक्रम अन्तर्गत १४ बर्ष मुनिको नेपाली खेलाडी टोली जापान प्रस्तान



काठ्माण्डौ-

दोश्रो एशिएन रग्वी एक्सचेन्ज कार्यक्रम अन्तर्गत १४ बर्ष मुनिको नेपाली खेलाडी टोली जापान प्रस्तान गरेको छ ।

जापान जाने टोलिमा बेलर एकेडेमि र शुभातारा इन्टरनेस्नल स्कुलका बिधार्थिहरु रहेका छन ।

टिम ब्यबस्थापक खेमराज तिमील्सिना र प्रशिक्षक कृष्ण छेत्री सहितको टोलीलाइ राष्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमील्सिनाले एक कार्यक्रमका बिच बिदाइ गरे ।

बिधालय स्तरमा खेल आयोजना गरेर  रग्वी खेललाई बेलर इन्टरनेस्नल एकेडेमिले नेपालमै पहिलोपटक भित्र्याएको हो ।हाल  हरेक बर्ष अन्तर्बिधालय रग्वी प्रतियोगिता आयोजना हुन थालेको र रग्वी खेलको बारेमा सबैलाई जानकारी हुन थालेको बेलर इन्टरनेस्नल एकेडेमिका सञ्चालक पवन कुमार थापाले बताए ।

सञ्चालक थापालेनै उक्त खेल पहिलोपटक नेपाल भित्र्याउन पहल गरेका थिए ।थापाले आगामी दिनमा रग्वी खेलालाइ सबै माझ पुर्याउनु पर्नेमा जोड दिए ।

उनले हाल प्रतियोगिताका लागी जापान गएका खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने बिश्वाश समेत ब्यक्त गरे ।

प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार  २ : ०२ बजे